कालिका नगरपालिकाको निति: मेयर आवास कार्यक्रम

 

असार ४, चितवन। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि निति तथा कार्यक्रम ल्याएको छ । 

नगरपालिकाको बुधवार आयोजित चौथो नगर सभा अधिवेशनले आगामी आर्थिक वर्षका लागि महत्वकांक्षी योजनाहरु अघि सारेको हो । निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले आगामी आर्थिक वर्षदेखी मेयर आवास कार्यक्रम सुरुवात गरिने वताए । 

null

नगरको विकट क्षेत्र सिद्धिबाट यो कार्यक्रम सुरु हुने छ । सिद्धिमा एक सय घर निर्माण गर्ने निति लिईएको प्रमुख श्रेष्ठले वताए । संघीय र प्रदेश सरकारसंग समन्वय गरेर भुमिहिन वाढिपीडित र अव्यवस्थित रुपमा वसोवास गरेकाहरुलाई जनताको आवास हक सुनिश्चित गर्ने उदेश्यका साथ मेयर आवास कार्यक्रम लागु गरिने उनको भनाई छ । 

 

कालिका नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार निर्माणलाई समेत प्राथमिकता दिने जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउन यातायातको व्यवस्थादेखी एक विद्यालय एक फुलबारी कार्यक्रम समेत संचालन गरिने नगर प्रमुख श्रेष्ठले वताए । त्यस्तै विद्यार्थी भर्ना प्रोत्साहन,दिवा खाजा कार्यक्रम संचालन गरिने उनले वताए । 

शिक्षा विना नगर समृद्ध वन्न सक्दैन नगर प्रमुख श्रेष्ठले भने – नगरको शैक्षिक गुणस्तर वढाउन शिक्षक शिक्षिकाको क्षमता विकासदेखी विद्यालयको भौतिक पुर्वाधारमा सुधार र यातायातको व्यवस्था गरिनेछ । नगरपालिकाको शैक्षिक गुणस्तरमा भुमिका निर्वाह गर्ने शिक्षकहरु र विद्यार्थीहरुलाई पुरस्कृत गर्ने नगरपालिकाको योजना छ । 

 

यसैगरी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकी पुर्याउने निति अवलम्वन गरिने जनाएको छ । नगर भित्र १५ शैयाको अस्पताल निर्माण, संचालन गरी विषेशज्ञ डाक्टरको सेवा प्रवाह गर्ने नगर प्रमुख श्रेष्ठले वताए । नगर समृद्धीको आधार पशुपालन र कृषि क्षेत्र भएकाले यसको विकास गर्ने कालिका नगरपालिकाले निति लिएको छ । 

महिलाहरुको सम्पती माथिको अधिकार मात्र नभई पुँजी माथी समेत अधिकार स्थापित गर्न महिलाहरुलाई उद्यमी वनाउन शसक्तिकरण गर्दै लैजाने निति लिईएको छ । 

नगर भित्र रहेको पर्यटकीय क्षेत्रलाई विकास गर्ने नगरपालिकाले जनाएको छ । सिन्ती झरना,चित्राम झरना,पर्यटन पदमार्ग,चेपाङ वस्तीमा होमस्टे तथा उपरदाङगढी सम्मको हाईकिङको व्यवस्था गर्ने मेयर श्रेष्ठले वताए । नगर सभामा नगर प्रमुख श्रेष्ठले ६७ वुँदे निति तथा कार्यक्रम पेश गरेका थिए । 

ति वुँदाहरुमा नगर सभाको अर्को वैठकमा छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए । नगर सभाका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेलले संघीयताको नयाँ प्रणालीलाई स्थापित गराउन स्थानीय तहको भुमिका महत्वपुर्ण हुने वताए । प्रदेश साँसद घनश्याम दाहालले नगरपालिकाले लिएको निति तथा कार्यक्रम सतप्रतिशत सम्पन्न गर्ने गरी सक्रिय हुन आग्रह गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *