दुध दिवसमा विद्यार्थीलाई दही, चिउरा र खीर

जेष्ठ १८ चितवन । १९ औं विश्व दुध दिवस चितवनमा विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा विद्यार्थीहरु तथा उपभोक्ताहरुलाई दही चिउरा र दुध खुवाईएको छ । 

खैरहनी १० स्थित आधारभुत विद्यालय शान्तिबजारका विद्यार्थीहरुलाई खैरहनीका मेयर लालमणी चौधरीले दुध खुवाएर उद्घाटन गरेका थिए । सो अवसरमा मेयर चौधरीले दुधलाई विविधिकरण नगरेसम्म किसानले प्रतिफल लिन नसक्ने बताए । 

‘लागत मुल्य पाईएन भनेर भन्नु भन्दा यसको विविधिकरण गरेर अघि बढ्नु पर्छ, तव मात्र आफैले मुल्य तोक्न पाईन्छ’ मेयर चौधरीले भने– ‘दुधको विविधिकरणका लागि नगरपालिका लगानी गर्न तयार छ ।’ 

null

मेयर चौधरीले आगामी आर्थिक वर्षमा यस वर्षको भन्दा ५० प्रतिशत वजेट कृषि र पशु क्षेत्रमा वढाउन लागेको बताए । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले भारतीय पाउडर रोक्न सके यहाँका किसानले दुधको उचित मुल्य पाउने धारणा राखे । केन्द्रिय सदस्य बालकृष्ण उप्रेतीले भौतिक पुर्वाधारमा पर्याप्त बजेट विनियोजन भएपनि कृषि र पशुपालन व्यवसायमा ज्यादै न्युन बजेट पर्दा किसानको विकास हुन नसकेको औल्याए । 

 

नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका निवर्तमान अध्यक्ष हरिहर सुवेदी, खैरहनी नगरस्तरीय दुग्ध उत्पादक सहकारी संघ समन्वय समितिका संयोजक मुकुन्द दुवाडी लगायतले मन्तव्य राखेका थिए । दिवसकै अवसरमा नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले आधारभुत विद्यालय शान्तिबजारमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी समेत वितरण गरेको थियो । 

दिवसकै अवसरमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले रत्ननगर ११ स्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित विद्यार्थीहरुलाई खीर खुवाएर दुध दिवस मनाएको छ । केन्द्रमा आश्रित एक सय भन्दा बढि विद्यार्थीहरुलाई खाना खुवाउनुका साथै अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *