सुरुङमा फसेका ६ चिनीया नागरिकसहित १७ जनाको उद्धार

रसुवा, ६ असार । रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा सुरुङमा फसेका कामदारको सकुसल उद्धार गरिएको छ । शुक्रबार बिहान सुरुङमा फसेका ६ चिनीया नागरिकसहित १७ जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

 

निर्माणधीन सुरुङमा बिहीबार पहिरो गएपछि उनीहरु फसेको थिए । बाहिर निस्कँदा जोखिम हुने भएकाले कामदारलाई रातभरि सुरुङभित्रै बस्न भनिएको थियो । भित्र फसेका कामदारलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटेको थियो । 

null

१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *