ओम अस्पतालको लापरवाहीः पत्थरीको शल्यक्रिया गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु


जेठ ३०, काठमाडौं । उपचाररत बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा आफन्तहरुले नाराबाजी गरेका छन् ।
सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका हुन् ।
null
रामप्यारी गत शुक्रबार पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि ओम अस्पताल पुगेकी थिइन् । अपे्रशन गरेको ६ दिनपछि थापाको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।
डा.रविन कोइरालाको नेतृत्वमा मृतक थापाको उनको शल्यक्रिया भएको थियो। शुक्रबार शल्यक्रिया गरेकी थापालाई शनिबार बिहानदेखि नै थप समस्या हुन थालेपछि अस्पतालले सम्पूर्ण जाँच गरी शनिबार नै आईसीयूमा राखेको थियो ।
शल्यक्रियापछि अस्पतालले रामप्यारीको अवस्था सुधार हुँदै गएको बताएको थियो । तर बिहीबार उनको निधन भयो ।
बिरामीका आफन्तले भने शल्यक्रियाका क्रममा अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । ड्रिल गरेर शल्यक्रिया गर्ने क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यो नटालेका कारण शरीरमा संक्रमण फैलिएर बिरामीको मृत्यु भएको आफन्तको भनाइ छ ।
मृतकका आफन्तले यसबारे उचित छानविन हुनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।
अस्पतालले भने उपचारका क्रममा कुनै लापरबाही नभएको बताएकाे छ । थापाकाे केस पहिलेदेखि नै कम्प्लिकेटेड र अस्पतालले सकेसम्म बचाउने प्रयास गर्दा पनि नसकेकाे अस्पतालकाे दाबी छ ।
