डेंगु किट तोकिएको मूल्य भन्दा बढी असुल्नेमाथी करवाही

 

असार २, काठमाडौँ । डेंगु परीक्षण गर्ने किटमा तोकिए भन्दा बढी मूल्य असुल्नेमाथी कारवाही हुने भएको छ । 

पूर्वका केही निजी अस्पताल तथा मेडिकल कलेजले डेंगु परीक्षण गर्ने किट चर्को मूल्यमा बेच्न थालिएको उजुरी बढ्दै गएपछि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको मूल्य भन्दा बढी मूल्य असुली किट बेचेको पाइएमा कारवाही हुने भनि लेखिएको एक विज्ञप्ती जारी गरेको हो । 

null

पूर्वका केही अस्पताल तथा मेडिकल कलेजहरुले रु ४ सयमा पाइने डेंगु किटलाई १ हजार ८ सय देखि २ हजार ४ सय बिक्री गर्ने गरेको र यस्ता व्यक्तीलाई कालाबजारी ऐन अनुसार कारवाही हुने चेतावनी समेत उक्त विज्ञप्तीमा जारी गरिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *