गर्मी मौसममा यस्ता खानेकुरा खाँदा स्वास्थ्यलाई फाईदा

 

असार ४ । मौसम अनुसार हामीले खाने खानामा पनी बिशेष ध्यान दिनुपर्ने हुन्छ । जाडोमा भन्दा गर्मीममा मौसममा मानिसले खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । 

जाडोमा खाईएको जस्तोसुकै खानालाई हाम्रो शरिरले पचाउन सके पनि गर्मीमा खाईने केहि खानालाइ शरिरले पचाउन सक्दैन जसको कारण हामीलाई फूडपैजन भई हामी बिरामी हुन पुग्छौं । त्यही भएर गर्मी मौसममा हामी सकभर ताजा, हल्का र शरिरले पचाउन सक्ने खान खाँदा अति उत्तम हुन्छ । 

null

गर्मी मौसममा धेरै मसला भएको, तारेको, भुटेको, धेरै तेल भएका, जंकफूड,माछ, रातो मासु, अण्डा जस्ता खानेकुरा सकभर कम खाँदा हाम्रो स्वास्थ्यलाई फाईदा पुर्याउँछ । गर्मीमा कस्ता खाना खाँदा शरिरलाई स्वास्थ्य बनाउँछ ती केही खानेकुरा तल बताईएको छ । 

 – तिते करेला तीतो भएपनि यसले खाना सजिलै पचाउन मद्दत गर्दछ, त्यसेले गर्मी मौसममा करेला खानु फाइदाजनक छ । 

– पानी, दही, गोल्भेडा जस्ता खानेकुरा गर्मी मौसममा खाँदा हाम्रो शरिरलाई शितलता प्रदान गर्दछ । 

– काँक्रो, खरबुजामा पानीको मात्रा बढी पाइने भएकाले गर्मीमा खानासँगै काँक्रा खाँदा राम्रो हुन्छ । 

– गर्मी मौसममा गोलभेडाको अत्यधिक मात्रामा खाँदा राम्रो हुन्छ किनभने यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । 

– गर्मी मौसममा प्याज पनि अति उपयोगी मानिन्छ । प्याजमा भिटामिन सी, बी पाईने हुँदा पेटका बिरामीहरुलाई पनि यसले निकै फाईदा गर्छ । 

– लौकालाई एकदमै चिसो तरकारी मानिन्छ । यसमा क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । जसलेगर्दा अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि एकदम राम्रो हुन्छ । त्यसैले लौका गर्मी मौसम खानु राम्रो मानिन्छ । – हरियो सिमिमा पनि पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले गर्मि मौसममा यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *