रत्ननगरको अर्को उदाहरणीय कामः गोठ गोठमै पशुको उपचार

 

असार १३, रत्ननगर । रत्ननगर नगरपालिकाले पशुपालनको व्यवसायिक विकासको लागि एक पछि अर्को उदाहरणीय काम गरेको छ । 

परम्परागत पशुपालनलाई विस्तापित गर्दै किसानलाई व्यवसायिक पशुपालनमा आकर्षित गर्न सो नगरपालिकाले नयाँ-नयाँ योजना ल्याएर काम गरिरहेको छ । 

null

सुत्केरी पशुलाई भत्ता दिएर रचनात्मक कामको सुरुवात गरेको सो नगरपालिकाले गोठमै पुगेर पशुको उपचार सुरु गरेको हो । रत्ननगर नगरपालिका पशु विकास शाखाले सुरु गरेको गोठमै पशुको उपचार सम्बन्धी घुम्ती शिविरको मेयर नारायण वनले उद्घाटन गरेका थिए । 

रत्ननगर १० बैरियामा रहेको मालिका पशुपालन फार्ममा आयोजित उद्घाटन कार्यक्रममा मेयर वनले नगर भित्रका दुधालु गाईभैसीको सुरक्षा गर्ने दायित्व नगरपालिकाले लिएको बताए । 

नगरमा पशुपालनको विकासको लागि पशुहरुको सुरक्षा गर्न नगरपालिकाले गोठमै उपचारको व्यवस्था गरेको बताए । उनले विशेष गरी पशुहरुको बाझोपन निराकरणको लागि उपचार केन्द्रित हुने बताए । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका प्रा.डा.भूमिनन्द देवकोटा, रत्ननगरका पशु विकास अधिकृत शालिग्राम पौडेल र अधिकृत गोविन्द पौडेलले किसानको गोठ गोठमै पुगेर गाईभैसीको उपचार गरेका छन । 

पहिलो चरणमा दुई दिनको लागि कार्यक्रम सञ्चालन गरिएको छ । रत्ननगरमा साना ठूला गरी ५० वटा गाई फार्म रहेका छन । दुई दिनमा ५० वटा पशुको बाझोपनको उपचार र २०० भन्दा बढी गाईको अन्य उपचार गर्ने योजना रहेको पशु विकास अधिकृत पौडेलले बताए । वडा नं १० का वडाध्यक्ष केशव आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा मालिका पशुपालन फार्मका सञ्चालक विष्णु पुरी, नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिवकान्त पौडेल लगायतले मन्तव्य राखेका थिए । 

आगामी आर्थिक बर्षबाट सो नगरपालिकाले सुत्केरी पशुलाई दिने भत्ता रकम समेत बृद्धि गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *