सनराइज बैंक र आइएमई इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैशाख १७, काठमाडौं । सनराइज बैंक लिमिटेड र आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । 

 

बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाहरूबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहररू बिक्री  गर्न सक्ने छ । 

null

सनराइज  बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *