सोलुखुम्बु जिल्लाको किन्जामा सनराइज बैंकको सीमित बैंकिङ इकाई सञ्चालनमा

काठमाडौं, १ जेठ । आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा सोलुखुम्बुस्थित किन्जा, लिखुपिके गाँउपालिका, वडा नंं ५ मा बैंकले सीमित बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ । 

बैंकले चाँडै नै शाखा विस्तार गर्ने योजना लिई सोमबार आयोजित एक औपचारिक कार्यक्रममा सनराइज बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका संचालक दिपक नेपाल, लिखुपिल्के गाँउपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले संयुक्तm रुपमा सीमित बैंकिङ इकाईको उद्घाटन गरेका हुन् । 

सो कार्यक्रममा एम भी हाइड्रोपावरका उपाध्यक्ष श्री अंशुमन मोघा, लिखुपिल्के ३, ४ र ५ का वडा अध्यक्षहरु लगायत सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

null

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *