पार्सामा ठूलो परिमाणमा लागू औषध बरामद

 

जेठ ८, पर्सा ।  प्रहरीले एक साताभित्रमा ठूलो परिमाणमा लागु औषध चरेस, गाँजा बरामद गरेका छन् । 

एक साताभित्रमा ७ क्विन्टल लागु औषध प्रहरीले विशेष सुराकीको आधारमा पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट बरामद गर्न सफल भएको हो । 

null

बुधबार बिहान देउरिया जाने बाटोमा बेवारीसे अवस्थामा तीस किलो लागुऔषध तथा पचास किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । 

त्यसैगरी स्थानीयवासी ठग ओझैयाको घरमा रहेको धानको भकारीबाट २२ किलो चरेश, २४ किलो गाँजा, चरेस बनाउँन प्रयोग हुने ११ थान मेशिन तथा काठको २३ थान साँचो बरामद गरिएको छ । 

स्थानियले मकवानपुरका पहाडी क्षेत्रबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै तस्करले लागु औषध भारत लाने गरेको जनगुनासो आएपछी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको सयुक्त खटिएको टोलीले छापा मार्दा यती ठूलो परिमाणमा आगु औषध बरामद भएको हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *