सुनसरी धरानको विजयपुर क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाइँदै

सुनसरी, १७ जेठ । नेपाल सरकारको सय वटा गन्तव्य सूचीमा परेको सुनसरी धरानको विजयपुरलाई सिर्घान त्यँहाका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतका स्थानीय लागि परेका छन् । आन्तरिक पर्यटकहरुलाई घुम्न रातीको समयमा उज्यालो बनाउन धरानको सिंहदेविबाट दन्तकाली मन्दिरसम्म पुग्ने बाटोमा २५ वटा सडक बत्तिको व्यवस्था गरिएको धरान वडा नं १४ का वडाअध्यक्ष भट्टराईले जानकारी दिए । 

 

प्रदेश सरकारको बजेटको वृहत्तर विजयपुर योजना अन्तर्गत बाटोको सिढी बनाउनुका साथै बत्ति बाल्ने लगाउने काम गरिएको हो । हिन्दु धर्मका आराध्यदेव शिवको पहिलो पत्नी सति देवीले आत्मदाह गरेपछि उनको शव बोकेर ब्रम्हाण्डमा घुम्ने क्रममा सति देवीको दात पतन भएको पौरानिक विश्वासका साथ दन्तकालीमा पूजा आज गरिदैं आएको छ । 

null

 

नेपालका प्रमुख शक्तिपीड मध्ये दन्तकाली पनि एक मानिन्छ भने दशैको समय नौरथामा बिजपुरकको दन्तकालीमा नौ दिन सम्म भव्य उत्सव हुने गरेको छ । वडा अध्यक्ष भट्टराईका अनुसार दन्तकाली जान बाटो धरानको सिंहदेविदेखि करिव ढेड किमी क्षेत्रमा सिढी निर्माण गरि सिढीको भित्तामा धरानका सबै धार्मिक स्थानहरुको चित्र बनाउने काम धमाधम भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *