अमेरिकी बारमा गोली चल्दा १ को मृत्यु, २ घाइते

२०७६ वैशाख २८ गते

फाइल तस्विर
बैशाख २७, वासिङ्टन । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्।
null
स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो।
स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए।
सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो। अमेरिकी इतिहासमै बारमा गोली लागेर यतिधेरैको एकैपटक मृत्यु भएको यो पहिलो घटना थियो। रासस–सिन्ह्वा

२०७६ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित