वर्षा शिवाकोटीलाई वर्षा राउतले राखिन् यस्तो प्रस्ताव

 

जेठ ५, काठमाडौं । एक अर्काका प्रतिद्वन्द्वी कहलिएका वर्षा राउत र वर्षा शिवाकोटी केही दिनदेखि चलचित्र क्षेत्रले लगाइदिएको दुश्मनीको ट्याग हटाउने तरखरमा छन् । 

उनीहरुबीचको मित्रता अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । चलचित्र क्षेत्रमा सँगसँगै पाइला टेकेका उनीहरु अरुले दुश्मनीको बिल्ला भिराएको भन्दै एक अर्काबीचको मित्रता पोखिरहेका छन् । साथै अरुप्रति आक्रोश पनि, जसले दुश्मन ठहर्याए । पछिल्लाे समय नायिका शिवाकाेटी केही चलचित्रकर्मीहरूसँग पनि असन्तुष्ट देखिन्छिन्, जसले वर्षा राउतसँग दाँजेर नराम्राे टिप्पणी गरिरहेका छन् । 

null

टिप्पणीकाे कारण हाे, उनी अभिनित चलचित्र ‘वीर विक्रम–२’ र नायिका राउत अभिनित चलचित्र ‘जात्रै जात्रा’ एकै साथ प्रदर्शनमा आउनु । धरैले वीर विक्रम-२ भन्दा जात्रै जात्रालाई उत्कृष्टको संज्ञा दिए । हुन पनि वीर विक्रम २ ले भन्दा जात्रै जात्राले आक्रामक व्यापार गरिरहेको छ । वीर विक्रम– २ बाट धेरै अपेक्षा राखेकी नायिका शिवाकोटीले आफ्नो चलचित्रको बारेमा नराम्रो टिप्पणी गर्नेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पनि पोखेकी छिन् । 

 

उनले लेखेकी छिन्, ‘अरु को कुभलो चिताएर मै खाउ र मै लाउ भन्नेहरु लाइ कुनै दिन कर्मले पक्कै पनि पिरोल्छ । सायद आनन्द निन्द्रा पक्कै लाग्दैन । मान्छे लाइ छले नि भगवानलाई छल्न पक्कै सकिन्न । रोइ कराइ गरेर हिँडेको सुन्न नपरोस् । जय वीर विक्रम २’ 

शिवाकोटीको स्टाटसलाई समर्थन गर्दै नायिका वर्षा राउतले यसमा प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्, ‘हरेक कुकुरको दिन आउँछ, अरुको नराम्रो सोचेर पक्कै कसैलाई राम्रो हुदैन् । पीर नगर साथी म तिम्राे साथमा छु, आज वीर विक्रम २ हेर्न जाने सोचेको छु । के हामी सँगै चलचित्र हेर्न जान सक्छौ ?’ वर्षा राउतको उक्त प्रस्तावलाई वर्षा शिवाकोटीले पनि स्वीकार गरेकी छिन् । 

नायिका राउत र शिवाकोटी एउटै ब्यानरबाट चलचित्र क्षेत्रमा उदाएका हुन् । विकास राज आचार्यको ‘नाई नभन्नु ल’ को दास्रो सिरिजबाट वर्षा शिवाकोटी उदायकी हुन् भने यसैको चौँथो सिरिजबाट वर्षा राउतले कलिउडमा पाइला चालेकी हुन् । 

उनीहरुले एकैसाथ म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । दुवैले एकै समयमा करिअर अगाडी बढाएको भएपनि राउतले छलाङ्ग मारिन् । त्यसैले पनि उनीहरुलाई एक अर्काको प्रतिद्वन्द्वीको रुपमा हेर्ने गरिन्छ । 

केही दिन अघिमात्रै आफूहरु एकअर्काको दुश्मन नभइ मित्र भएको स्पष्ट पार्दै  वर्षा शिवाकोटीले फेसबुकमा लामो स्टाटस नै लेखेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *