अब मोटरसाईकल पछाडी बस्नेलाई पनि हेलमेट अनिवार्य !

 

जेठ ५, काठमाडौं । अब मोटरसाईकल चालकका साथै पछाडि बस्नेले पनि अनिवार्य हेलमेट लगाउनु पर्ने भएको छ । 

महानगरीय ट्राफिक महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको हो । 

null

महाशाखाले दुर्घटना बढेको भन्दै यसको न्यूनिकरणका लागि यस्तो व्यवस्था गर्न लागेको हो । 

पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटना बढेको स्पष्ट पार्दै महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले भने, ‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो । हेलमेट पनि आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *