ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थाले: विश्वकर्मा

बैशाख १७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । 

 

उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारवाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’ 

null

क्लवका सभापति ऋषि धमालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजको मिति सम्म सरकारी जग्गा कसैले कब्जा गरेको प्रमाण भए वर्तमान सरकार सरकारी सबै जग्गा बचाउ गर्ने प्रतिबद्धता सुनाए । उनले भने,‘अहिले सरकारी जग्गा सबै भूमाफीयाहरुले कब्जा गरे भनेर भयानक नै भयो भने जसरी हल्ला फैलाईएको छ । यो सही होईन् ।’ 

नेता पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला गर्न आवश्यक नरहेको पनि टिप्पणी गरे । उनले भने,‘ उहाँले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् । सरकारमा पनि थिएन् ।’ 

यद्धपी व्यक्तिले जग्गा किनबेच गर्न पाउने उनको तर्क छ । उनले भने,‘उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’ 

वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने पनि पौडेलले विश्वास दिलाए । उनले भने,‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आजपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ।’ भ्रष्टाचार गरेको प्रमाणित भएकाहरु कोही पनि नबच्ने उनले उद्धघोष गरे । यद्धपी बिना कारण र प्रमाण कसैलाई पनि कारबाही नहुने उनले जिकिर गरे । बालुवटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता नरहेको पनि उनले दाबी गरे ।  

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको आरोप लगाएका छन् । उनले भने,‘त्यही भएर जनताले अहिले कांग्रेसीहरु तिमीहरु कहाँ छौं ? भनेर आक्रोश पोखिरहेका छन् ।’ 

मुलुकनै सञ्चालन गरेको त्यो पनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाए बापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ । 

 

ललिता निवासलाई मोही कायम गर्न लाखौं/करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे । विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’ 

नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे । 

उक्त ललिता निवासको जग्गा प्रकरणमा वर्तमान सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको पनि उनले आरोप लगाए । उनले भने,‘यसभन्दा अघिपनि ३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ।’ 

उनले यो जग्गा प्रकरणमा यदि कृष्णप्रसाद भट्टराईपनि दोषी भए मरणोपरान्त दण्ड, सजाय गर्नुपर्ने बताए । उनले भने,‘किसुनजी, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस् ।’ 

आफ्नो पार्टीका सभापति एवम् संसदीय दलका नेता देउवाले वार्डडबडी काण्डमा पनि ठूलो दृढ विश्वासका साथ उक्त प्रकरणमा संलग्नलाई कारबाही होस भनेर आवाज उठाउँदा उनीमाथि नै हिलो छ्याप्ने काम भएको विश्वकर्माले स्मरण गराए । 

राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले के कसरी कारबाही गर्छ ? त्यो हेर्न बाँकी छ ।’ 

नेता लालले अहिले मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता रहेको आरोप लगाए । उनले भने,‘सबै क्षेत्रमा माफियाहरु सक्रिय छन् । भूमाफीयाहरुको गतिविधि त झनै बढ्दो छ । भूमाफीयाहरुले सरकारी जग्गा कब्जा गरेर निजी बनाएका छन् ।’ 

बालुवाटारको ललिता निवास आँफैमा ऐतिहाँसिक भएको उनको तर्क छ । उनले भने,‘सुवर्णशमशेरबाट सरकारले अधिग्रहण गरेको हो । यो जग्गाको आफ्नै महत्व र ईतिहास छ । यस्तो ईतिहास बोकेको जग्गापनि व्यक्तिको नाममा बनाएर किनबेच गर्नुमा ठूला नेताहरुको नाम आईरहेको छ । जोसकुै भएपनि अहिले शंका उत्पन्न भएको छ। उनीहरुले जनतासामू स्पष्टीकरण दिनुपर्छ ।’ 

अरुलाई लाग्ने कानून नेताहरुलाई पनि उत्तिकै लाग्ने सुनाउँदै सरकारी जग्गा भएको थाहा पाईपाई निजीकरण गराउने जोसुकै भएपनि आरोप प्रमाणित दोषीहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने लालको भनाई छ । उनले भने,‘दोषीमाथि कारबाही हुनुपर्छ ।’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *