काठमाडौंमा गोली चल्यो : खुंखार डाँका तामाङ पक्राउ

काठमाडौं, ६ जेठ । काठमाडौंको टोखामा प्रहरीले गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । 

 

६ वटा अपराधका घटनालाई लिएर तामाङको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रान गर्न सोमबार बिहान ८ बजे गएको थियो । नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । 

null

त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको प्रहररीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । 

यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *