एशियन थाइफुडले सरकारी जग्गा मिचेर भौतिक संरचना बनाएपछि..

दुहबी, २४ वैशाख । एशियन थाइफुड रमपम उद्योगले सरकारी जग्गा मिचेर भौतिक संरचनाहरु बनाएपछि ४०० बढि घर जोखिममा परेको भन्दै स्थानियहरु आक्रोसित भएका छन् । दुहवी ८ स्थित रहेको एशियन थाइफुड रमपमले टेङग्रा खोला मिचेर उद्योगको प्रयोजनका लागि भौतिक संरचना बनाउँदा पुरै गाउँ डुबानमा परेको स्थानियहरुको भनाइ छ । 

 

यसैगरि दुहवी ८ स्थित मुसहरी बस्तीको कुलो मिचेर उद्योगले मजदुरहरु बस्ने भवन बनाउँदा स्थानियहरु झनै मारमा परेको उनिहरु बताउँछन् । स्थानिय चानोदेवी ऋषिदेवका अनुसार उद्योगको अपराधिक मानसिकताले गर्दा वर्षायाममा पुरै गाउँनै डुबानमा पर्ने गरेको बताइन् । अर्का स्थानिय ज्ञान बहादुर राईका अनुसार यसरी टेङग्रा खोला र साविक कुलो मिचेर भवन बनाउँदा आफुहरु ठुलो मारमा परेको बताउँछन् । 

null

 

यस बिषयमा बारम्वार दुहवी ८ का जनप्रतिनिधिहरुलार्इ बताउँदा समेत कुनै वास्ता नगरेकोले जनप्रतिनिधिहरु समेतको मिलेमतोमा यस्तो भएको स्थानियहरुले दावी गरेका छन् । नेकपाका स्थानिय यूवा नेता अमित राईका अनुसार उक्त ठाउँमा करिव ४० फिटको टेङग्रा खोला रहेको थियो तर हाल उद्योगले भौतिक संरचना बनाउँदा अहिले १० फिटको नाला जतिकै भएकोले पुरै गाउँनै डुबानमा पर्ने गरेको बताए । 

 

त्यस्तै, नेपाली कांग्रेसका स्थानिय यूवा नेता नविन थापाका अनुसार उद्योगले बदमासी गरेकै हो यसमा जनप्रतिनिधिहरुले चासो न लिए आफुहरु प्रतिरोधमा उत्रिने चेतावनी दिए । सो विषयमा दुहवी ८ का वडाध्यक्ष तारिचन्द सरदारसँग बुझ्दा यस विषयमा आफुले भर्खरै जानकारी पाएकोले उद्योगको अनुगमन गरि कारवाहीको दायरामा ल्याउँने प्रतिक्रिया दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *