पाँचथरमा दुई परिवारका नौ जनाको हत्या, एक किशोरी घाइते

काठमाडौं, ७ जेठ । अज्ञात समुहले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या गरेको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले जानकारी दिनुभयो । 

 

धनराजको परिवारका पाँच र बमबहादुरको परिवारका चार जनाको हत्या भएको वडाध्यक्ष हस्तराज फियाकले पुष्टि गर्नुभयो । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । 

null

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनले मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताईन् । इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । आवश्यक अनुसन्धानपछि मात्र थप बिषय बाहिर ल्याउन सक्ने पौडेलको भनाई छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *