ठूलो परिमाणमा रकम सहित एक पक्राउ

 

जेठ  ५ , काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको ठुलो मात्रामा नगद सहित एक जनालाई नियन्त्रण लिएकाे छ । 

महानगरीय प्रहरी प्रभाग नागढुगाका प्रमुख ज्ञान बहादुर खड्का काे नेतृत्वको टाेलीले चन्द्रागिरी न.पा २ नागढुंगा स्थित जनकपुर बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ८ ख १८०९ नम्बरको सार्वजनिक यात्रुबाहक बस वाट श्राेत नखुलेकाे ठुलाे रकम सहित एक जनालाई नियन्त्रण लिएकाे हाे । 

null

महानगरीय प्रहरी बृत्त थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले विशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा जिल्ला सर्लाही साविक हेमपुर वडा नं. ३ हाल मलंगवा न.पा वडा नं. १० घर हुने वर्ष २८ को रविन्द्र रायलाई नगद रु २९,९८,०००।– (उनन्तिस लाख अन्थाननब्बे हजार ) अवैध रुपमा स्रोत नखुलेको रकम सहित पक्राउ गरेकाे बताए । 

बृत्त प्रमुख थापाले भने, ” रविन्द्र रायले बोकेको कालो रंगको झोला भित्र रु १,०००।– दरको नोट २,२९८ थान र रु ५००।– दरको १४०० थान गरी जम्मा नगद रु २९,९८,०००।– (उनन्तिस लाख अन्थाननब्बे हजार ) अवैध रुपमा स्रोत नखुलेको रकमहरु लुकाई छिपाई ओसार पसार गरी लिई आएको हुँदा उक्त नगद रकम रित पुर्वक बरामद गरी रविन्द्र रायलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग पठाएका छाै ।” 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *