लागुऔषध बोकेको कार सहित एक पक्राउ

बैशाख २३, काठमाडौँ । धादिङमा लागु औषध बोकेको भारतीय नम्बर प्लेट भएको मारुती सुजुकी कार सहित १ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–८, बझाङका काल्चे बोहोरा रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । 

उनले भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कार भित्र लुकाई छिपाई ४७ किलोग्राम चरेश र ९७८ चरेश ल्याएको प्रहरीले जनाएको छ । 

null

प्रहरी निरीक्षक जीवन निरौलाले बताए अनुसार कार सहित उनलाई सोमबार बिहान १ बजे गजुरीको सोतीखोलाबाट पक्राउ गरिएकाे हो । साथै उनको साथबाट १ थान मोबाइल र समिकार्ड पनि फेला पारिएको छ । 

पक्राउ परेका उनीमाथी आवश्यक कारवाही अघी बढाईएको प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *