यौन दुर्ब्यहारकाे आरोप खेपेका तपस्वी बम्जन सिन्धुली आश्रममा

 

जेठ ४, काठमाडौं । आश्रमका अनुयायी र आनीहरुसँग यौन दुर्ब्यहार र उनीहरुलाई गायब बनाएको आरोप खेपिरहेका तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन् । हिजो बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजनिक भएका हुन् । 

करिब तीन महिना अगाडि नै सार्वजनिक हुने भनिएका तपस्वी बमजन सुरक्षाको चुनौती भन्दै सार्वजानिक भएका थिएनन् । १४ औं महामैत्री दिवस, विश्व शान्ति महामैत्री पूजा प्रार्थना कार्यक्रममा उनी झुल्किए ।  

null

हिजो शुक्रबार दिनभर बमजनले आफ्ना अनुयायीलाई दर्शन दिने कार्यक्रम थियो । आज शनिबार पनि कार्यक्रम जारी रहनसक्ने बोधी श्रवण धर्मसंघका केन्द्रीय सदस्य छत्र घिसिङले जानकारी दिए ।  

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए । तत्कालिन अवस्थामा सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुन २०७४ साल असोजदेखि सिन्धुलीलाइ नै आश्रम बनाएर बसेका छन् । 

उनलाई आनीहरुसँग यौन दुर्ब्यहार गरेको, उनीहरुलाई गायब बनाएको, सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप छ ।  

उनले पहिलो पटक १६ वर्षको उमेरमै जंगलमा तपस्या गरेका थिए । त्यसपछि पटकपटक तपस्या गर्दै आइरहेको बताइएको छ । उनका समर्थक नेपाल, भुटान, चीन, थाइलेण्ड, हङकङ जस्ता बौद्ध अनुयायी भएका देशमा बढि छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *