पाँचौ लिडर परियोजना कार्यशाला सम्पन्न

बैशाख २२, काठमाडौं । नेपाली यूवा उद्यमी मञ्चले लिडर परियोजना सँगको सहकार्यमा पाँचौ पटक व्यवसायिक योजना विकास सम्बन्धी कार्यशाला आयोजना गरेको छ । 

वेष्टर्न युनिर्भसिटी अन्तरगत आइभी विजनेश स्कुलका विद्यार्थीहरुद्वारा व्यवसायिक तालिम मार्फत आर्थिक विकासलाई बढावा दिने उद्देश्यका साथ विद्यार्थीहरुकै नेतृत्व र सकृयतामा कार्यशाला गरिएको थियो । 

अप्रिल २०१९ देखी मई ३ सम्म आयोजित कार्यशालामा ४० जना यूवाहरुको सहभागिता रहेको थियो । विश्वको उत्कृष्ट व्यवसायिक संस्था आइभीद्वारा विकास गरिएको पाठ्यक्रम तथा केश विधीमा आधारित प्रशिक्षण शैलीसँग खारिएका प्रशिक्षकहरुद्वारा कार्यशाला सहजिकरण गरिएको छ । 

null

 

दुई सातासम्म सञ्चालित कार्यशालाको अन्तिम दिन सहभागीहरुले आ—आफ्नो व्यवसायिक योजना नेपालमा खारिएका दक्ष व्यवसायीहरु त्था उद्योग व्यवसाय सम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिहरु माझ प्रस्तुत गर्नेछन् । लिडर परियोजनाका पूर्व सहभागीहरुले पनि यस छलफलमा स्रोतका रुपमा सहभागिता जनाउनेछन् । 

सकारात्मक व्यवसायिक सोचलाई शसक्तीकरण गर्ने उद्देश्यका साथ सदस्यहरुमा आधारित गैर नाफामुलक संस्थाको रुपमा मञ्चको स्थापना भएको हो । नेपाली यूवाहरुमाझ विचारको आदानप्रदान, प्रशिक्षण, तालिम र सहकार्य आदिका मार्फत उत्कृष्ट उद्यमीहरु निर्माण गर्नु यस संस्थाको मुख्य उदेश्य हो । 

सन १९५८ मा एक अन्र्तराष्ट्रिय सहयोगी संस्थाको रुपमा स्थापित मञ्चले दिर्घकालिन विकास परियोजना मार्फत अफ्रिका, एशिया र अमेरिकामा गरिवी र वहिस्करणका विरुद्धमा काम गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *