पौडी खेल्ने क्रममा त्रिशुलीमा डुबेर एक युवकको मृत्यु

धादिङ, ६ जेष्ठ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदीस्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । 

 

काठमाडौंबाट ४ जना युवा मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मी भएकाे भन्दै नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो । रासस 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *