किरात समुदायको साकेला पर्व उभौली आजबाट सुरु

सुनसरी, ४ जेठ । किरात समुदायको साकेला पर्व अभौली आजबाट देशभर किरात समुदाय भएको स्थानहरुमा सुरु भएको छ ।  ‘अन्नवाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस’ भन्ने कामनाका साथ किराँत समुदायको साकेल उभौली पर्व आज शनिबारबाट सुरु भएका हो । भूमी, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा सुनसरीको धरान १४ मा रहेको बुद्धिकर्णहाङको दरबार परिसरमा किराँत समुदायले एक कार्यक्रमको आयोजना गरेका छन् । यस वर्षको अवसरमा साकेला नाच पनि नाच्ने गरिन्छ । 

अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस भन्ने कामनाका साथ प्रकृतिलाई पूजागरी यो पर्व मनाउने गरिएको किरात समूदायबासीहरु बताउँछन् । प्रकृतिलाई पुजाआजा गरे बालीनाली सप्रने किराँत समूदायको धार्मिक विश्वास रही आएको छ । साकेला थानमा पितृभूमिको पुजाआजा गरेपछि साकेला गितको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । 

यो पर्व अन्नबाली छर्ने बेला अर्थात् बैशाख र अन्नबाली भित्रयाउने बेला मंसीर पूर्णिमामा २ पटक दुई महिनासम्म मनाउने चलन छ । वैशाख पूर्णिमाको अवसरमा सुरु भएको साकेला उभौली चाड पुर्बी नेपालको सुनसरी,खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ईलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिन्छ । 

null

किरात समुदायका मानिसहरुले साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा ताल मिलाउँदै साकेला सिली नाच्न सुरु गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एकरएक महिनासम्म मनाउने गरिन्छ । परम्परागत भेषभूषामा सजियर भेला भई गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ । 

चराचुरुङगी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्ब मान्ने प्रचलन छ । साकेन्वा, साकेवा, साकला लागायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाँचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ । 

यसै अवसरका किराँत समुदायहरुले आपसमा सुःख, शान्ति र समृद्धिको कामना सहितको शुभकामना आदानप्रदान गरेका छन भने उभौली पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्नुका साथै मिष्ठान्न परिकार खाएर रमाइलो गर्ने गरिन्छ । नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किरात समुदायमा पर्दछन् । उनीहरुले आफ्नो इतिहासलाई जोगाई राख्न पनि यो पर्वलाई हरेक वर्ष यसै समयमा भव्य रुपमा मनाउने गरिएको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *