सनराइज बैंकको एकैचोटी ४ शाखार हित बैंकिङ्ग सेवा बिस्तार

जेठ १३ काठमाण्डौं जेठ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ एकैचोटी ४ वटा शाखा रहित बैंकिङ्ग सेवा शुरू गरेको छ । 

बैंकले रुपन्देहीको मायादेवी गाँउपालिका ५, पर्साहवा र ओमसतिया गाँउपालिका ६, मझौली, यसैगरी महोत्तरीको बर्दिवास नगरपालिका ११, खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाँउपालिका १, रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । 

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अर्न्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

null

यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *