सानिमा बैंकद्वारा नन्दिकेश्वर बगैंचाको सरसफाई

बैशाख २९, काठमाडाैँ ।  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ। 

 

करिब १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साँझपख ब्यायाम गर्ने, विश्रामगर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ । 

null

सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठज्यूले नन्दिकेशरी बगैंचाको पुर्नस्थापना देखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको जनाई, सोको लागि आभार प्रकट गरे। 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले नन्दिकेशरी बगैंचाको नजिकै रहि कामगर्न पाएकोमा सानिमा बैंकका कर्मचारी भाग्यमानी रहेको बताए । साथै उक्त बगैंचाले नक्सालको शोभा बढाएको कुरा गरे । यस सरसफाई कार्यक्रममाप्रहरी प्रशासनतथा स्थानियबासिन्दाको सहभागिता रहेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम आयोजना गर्ने जनाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *