सानिमा बैंकद्वारा नन्दिकेश्वर बगैंचाको सरसफाई

 

बैशाख २९, काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंकले नन्दिकेश्वर बगैंचाको सरसफाई गरेको छ । 

सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालले संयुक्त रुपमा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरेको हो । 

null

करिब १९ रोपनी क्षेत्रफल रहेको उक्त पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साँझपख व्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्ध छ । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नन्दिकेशरी बगैंचाको पुर्नस्थापना देखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको उल्लेख गरी त्यसका लागि आभार प्रकट गरे । 

सानिमा बंैकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नन्दिकेशरी बगैंचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बैंकका कर्मचारी भाग्यमानी रहेको बताए । 

सानिमा बंैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति, स्वस्थ्य शिविर तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

सानिमा बंैकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा ए.टि.एम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *