नायिका स्वेता ट्युमरको शल्यक्रियापछी यस्ती भईन्

बैशाख २४, काठमाडौँ । चलचित्र ‘हेलो जीन्दगी’ सुटिङको लागि लण्डन पुगेकी नायिका श्वेता  खड्काकाे चिउँडाे र गर्धनमा अत्याधिक पिडा भइ स्वास्थ्यमा समस्या देखेपछी उनले चिकित्सकलाई देखाउँदा ट्युमर भएको थाहा पाएकी थिईन् । 

 

चिकित्सकले यसको तुरुन्त शल्यक्रिया गर्नुपर्छ गरिएन भने पछि जटिल समस्या आउँछ भनेपछि उनि चलचित्रको सुटिङ छाडी अतालिन्दै  उपचारको लागि दिल्ली गएकी थिईन् । ट्युमरबाट ग्रसित श्वेताको सफल शल्यक्रिया दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भएको थियो 

null

उनले आफूलाई ट्युमर भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाइ जानकारी गराएकी थिईन् । अहिले बेडरेष्टमा रहेकी श्वेताले आफू पूर्णरुपले स्वास्थ्य नभई काम नगर्ने र आफू पूर्णरुपले स्वास्थ्य हुन बित्तिकै काममा फर्किने जानकारी गराएकी छिन् । 

आज बिहान उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो सेयर गर्दै लेखेकी छिन् । ‘मेरो स्वास्थ्य अवस्था नाजुक भएकाले अझै केही हप्ता काम गर्न असमर्थ छु । निको हुनेबित्तिकै काममा फर्किहाल्ने प्रतिबद्धता गर्दछु ।’ 

साथै उनले यस समयमा आफूलाई साथ दिने शुभचिन्तक, साथीभाइ र आफन्तलाई धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन् ‘म मेरा सबै शुभचिन्तकलाई जवाफ दिन सक्दिनँ तर उहाँहरुको प्रार्थनाका लागि मनैदेखि धन्यवाद ।’ 

साथै उनले उनको शल्यक्रिया गर्ने डाक्टर र यस उपचारमा सहयोग गर्ने मेडक्यूबलाई पनि शल्यक्रियाको समयमा सहयोग गरेको धन्यवाद दिएकी छिन् 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *