एसपीहरुले सत्ताधारीको ढोका घच्घचाएपछि प्रहरी हेडक्वाटरमा खैलाबैला !

 

जेठ ११, काठमाडौं । नेपाल प्रहरीमा हुन लागेको एसपी सरुवाका लागि गृह सचिव प्रेम कुमार राई र आईजीपी सर्बेन्द्र खनालबिच गोप्य वार्ता सम्पन्न भएको छ । केहि दिन भित्रै हुन लागेको एसपी सरुवालाई लिएर उनीहरु विच ‘गोप्य वार्ता’सम्पन्न भएको हो । प्रहरी प्रधान कार्यालयलाई पछिल्लो समय हुन लागेको एसपी सरुवाले निकै भारी परेको हो । 

त्यसो त एसपी सरुवामा सत्ताधारी नेकपाका नेताहरुको फोनले आईजीपी खनाल निकै तनाबमा परेको खबरले हेडक्वाटरमा गरमागर्मी बढाएको छ । त्यसो त एसपी सरुवामा गृहमन्त्री रामबहादुर थापा वादल र गृह सचिव प्रेम कुमार राईले छुट्टाछुट्टै नाम टिपाएका छन् । एसपी सरुवाको मुखमा केहि एसपीहरुले मन्त्री र सत्ताधारी नेताहरुको ढोका घच्घचाएपछि हेडक्वाटरमा खैलाबैला मच्चिएको छ । 

null

कुन नामलाई प्राथमिकता दिने हो आईजीपी खनाललाई हम्मे हम्मे परेको छ । गृह सचिव राईसँग गोप्य वार्ता गरि आईजीपी खनाल जनकपुर हुदैँ चितवन तर्फ लागेका छन् । समयमै एसपी सरुवा गर्न कस्सिएका नेपाल प्रहरीका आईजीपी खनाललाई शक्ति केन्द्रको दबाब थेग्न हम्मे हम्मे परेको हो । एसपी सरुवामा रोचक दौडधुप देखेर केहि एसपीहरु अब आफ्नो पालो आउन गाह्रो छ भन्दै पुर्पुरोमा हात राख्न वाध्य भएका छन् । 

एसपीका लागि आर्कषक जिल्ला मानिने मोरङ्ग, सुनसरी, पर्सा, महोत्तरी, सिराहा, सप्तरी, कास्की, चितवन, रुपन्देही, बाँके, धनकुटा, पश्चिम नवलपरासी लगायतका जिल्लामा दर्जन भन्दा बढि आकांक्षीहरु सत्ताधारी नेकपाका नेताहरुकोमा झिसमिसेमै ढोका हान्न पुगेका छन् । 

आर्कषक जिल्ला नेतृत्वका आकांक्षा देखाएर शक्ति केन्द्र धाउने एसपीहरुमा चन्द्रकुबेर खापुङ्ग मोरङ्ग लागि तयारी गरिरहेका छन् । जनजातिकाे नाताे कस्तै खापुंङ्गलाई सचिव राईले आर्शिवाद दिएका छन् । दानबहादुर कार्की रुपन्देही जाने पक्कापक्की भन्दै हिँडेका छन् । उनलाई आइजी खनाल र गुल्मीका नेकपाका नेताहरुको साथ छ । 

उनी कुनै समय भरोसा हस्पिटलमा छापा हानेको बदला लिन तत्कालिन कामु आइजी दिनेशचन्द्र पोख्रेलले बढुवामा अन्याय गरेको भन्दै शक्ति केन्द्रमा रोइलो काढ्दै हिँडेका छन् । उनी रुपन्देही जाने खबरले कुनै समय गाडी चोर मुद्धामा पक्राउ परेका एक पत्रकार हौसिँदै हिँडेका छन् । 

उनले आफु जानु अघि नै डीएसपी धर्मराज भण्डारीलाई जिल्ला खटाई सकेका छन् । त्यसैगरि सचिवालयमा रहेका डिएसपी किरण कुँवरलाई इप्रका बुटवल लान दबाब दिएका छन् । स्मरण रहोस् कुनै समय उनै कुँवर कमलपोखरीमा नेतृत्व दिन नसकि ‘हात खडा’ गरेर हेडक्वाटर तानिएका थिए । 

नेतृत्व दिन नसकेपनि डीएसपी बढुवामा भने उनी अगाडि तानिएका छन् । त्यसैगरि एसपी विश्व अधिकारी कास्की जान खुट्टा तन्काएका छन् । उनलाई अख्तियार प्रमुख नविन घिमिरेको साथ रहेको छ । त्यसैगरि नवराज अधिकारी बाँके जान तम्सिएका छन् । उनलाई खानेपानी मन्त्री विना मगर र नेकपा अध्यक्ष प्रचण्डले ढाप मारेका छन्। 

प्रचण्डका पिएसआ भइसकेका तथा दरबार मार्ग प्रहरी बृत्तमा रहँदा त्यहाँका रेष्टुरेन्ट र क्याविनबाट मासिक नजराना लिएर, बाउन्स चेक केसबाट माेटाे कमाइ गरेका दानबहादुर मल्ल चितवन जाने तयारीमा रहेका छन् । उनलाई प्रचण्डको आर्शिवाद मिलेको छ । सोमेन्द्रसिंह राठोर आफु नजिकका प्रहरी अधिकारी र केहि पत्रकारसँग मेरो पर्सा लगभग भइसक्यो, आइजीपीले बचन दिएको भन्दै घोक हाल्दै हिँडेका छन् । 

हृदय थापा प्रहरी प्रधान कार्यलयको कप्रका लागि रस्साकस्सी मच्चाएका छन् । त्यसो त, आइजीपी खनालले कप्रमा एसपी जर्नाजन जीसीलाई रुचाएको चर्चा चलेको छ । उनले प्रहरी हस्पिटलमा कार्यरत एआइजी डा.दुर्गा थापा मार्फत गृहमन्त्री वादल र गृह सचिव राई मार्फत आईजीपी खनाललाई दबाब दिइरहेका छन् । त्यसैगरि रमेश थापा आइपी सचिवालय जाने तयारीमा छन् । 

मनोज यादव २ नं प्रदेशको कुनै आकर्षक जिल्ला खोजिरहेका छन् । उनलाइ उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री मातृका यादवको साथ रहेको छ । उनी तिनै प्रहरी अधिकारी हुन् जो कपिलबस्तु जिल्लामा आर्थिक विवादमा परेर हेडक्याटर तानिएका थिए । 

स्यांजाबाट तानिएका जयराज सापकोटाले सुनसरी तर्फ तिर तेर्साएका छन् । रवी पौडेल लगायतका एसपीहरु जिल्ला नेतृत्वको खोजीमा कुदिरहेको समाचार स्रोतले जानकारी दिएको छ । पौडेल गृहमन्त्री वादलको गृह जिल्ला गाउँले भन्दै बाँके जिल्ला ताकेका छन् । 

त्यसैगरि एसपी हिराबहादुर पाण्डे भक्तपुरका लागि पक्कापक्की भएका छन् । उनलाई नेकपाका नेता महेश बस्नेतले लाने भने पछि दंग परेका हुन् । अर्का एसपी रविन्द्र रेग्मी काभ्रे या सिमरा भन्दै नेकपाका नेताहरुकोमा लविंग गरिरहेका छन् । 

जिल्ला ताक्नेहरुमा रामेश्वर यादव, श्याम कृष्ण अधिकारी, रमेश बस्नेत, विमल बस्नेत, अजय केसी, विमल कँडेल, रबिन्द्र रेग्मी, मेखबहादुर खत्री, नान्तीराज गुरुङ्ग र श्याम महतो लगायतका एसपीहरु छन् । यसैगरि एसपीहरु सरुवासँगै डिएसपीहरुको पनि सरुवा सुची तयारी भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *