लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७० प्रतिशत लाभांश प्रस्ताव

 

जेठ १४, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्ना शेयरधनीलाई ७० प्रतिशत लाभांश वितरण गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

लिमिटेडको आज बसेको ९९ औं सञ्चालक समिति बैठकले आ.ब. २०७४/०७५ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी रु.१,४९,४८,३८,८००/–को ७० प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

null

उक्त लाभांशमध्ये ३४.४६२६५९१२ प्रतिशत बोनस शेयर र ३५.५३७३४०८८ प्रतिशत नगद लाभांश हुनेछ । उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १७ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने बताईएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *