वीरगञ्जमा फरक-फरक दुर्घटना परी १४ घाइते

 

वैशाख ३१ काठमाडौं । पर्सामा जन्ती बोकेको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा १२ जना गम्भीर घाइते भएक छन् ।बाराको विश्रामपुर छतवाबाट पर्साको विन्दवासिनी गर्दाैलका लागि छुटेको ना ७ त ६२९ नम्बरको ट्रयाक्टर सोमबार राति ड्राईभरले आफ्नो गति नियन्त्रण गर्न नसक्दा वीरगञ्ज महानगरपालिका–१६ को सिंग्याही खोला नजिक दुर्घटना भएको प्रहरीले बताएको छ । 

उक्त दुर्घटनामा १२ जना घाइतेमध्ये १० जनाको वीरगञ्जको नेसनल कलेजमा उपचारपश्चात् घर फर्किएका छन् भने दुइ जना उपचाररत रहेकाे प्रहरीले जानकारी दिएका छन् ।  

null

यस्तै, गए राति नै वीरगञ्ज महानगरपालिका–२५ मा साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् ।ना ४६ प ८५१७ को मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बिश्रामपुर गाउँपालिका छतवाका २५ वर्षीय अनिल मुखिया र साइकल चालक वीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सियाका ५० वर्षीय विन्देश्वारी महतो घाइते भएका हुन् । 

घाइतेको पर्साको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *