सेउती पुल नजिक शंकास्पद वस्तु, नेपाली सेनाद्धारा डिस्पोेज 

 

जेठ १३, धरान ।  कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा आज बिहान शंकास्पद बस्तु बम फेला परेको छ । सेउती पुल दक्षिण खानेपानीको टंकी नजिकको क्षेत्रमा भेटिएको शंकास्पद वस्तु (बम) लाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । 

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्द आह्वान भएकोले उक्त बस्तु सोही पार्टीले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 

null

शंकास्पद बस्तु भेटिएपछि आधा घण्टा भन्दा बढी कोशीराजमार्ग अवरुद्ध भएको थियो भने ईटहरीबाट आएको नेपाली  सेना बम डिस्पोजल टोलीले त्यहाँ  बम डिस्पोज गरेपछि अहिले सडक खुलिसकेको छ ।’ 

आज सुनसरीको धरान लगायतका पुर्वी नेपालमा विप्लवको बन्द आह्वानले यातायात ठप्प छ भने सडकमा मोटरसाइकल बाहेक लामो दुरीका सवारी साधनहरु चल्न सकेको छैन । 

भोजपुरमा आफ्नो कार्यकर्ता मारिएको विरोधमा विप्लवले बन्द आह्वान गरेका हुन् । उता इटहरीमा आज विहान करीब ६ बजेको समयमा शंकास्पद वस्तु भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । 

दुईवटा पोका पारेर सडकको बीच भागमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको हो । ‘मोबाईलमा टाईमर नै सेट गरेर बम राखिएको थियो, जुन आईडी बम रहेको  सुनसरी प्रहरीले जनाएको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *