एन आई सी एशिया बैंकको Cash Back तथा Discount योजनाहरु

बैशाख १८, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रविधी दिवसको अवसरमा Digital Payment हरुमा Cash Back तथा Discount offer सहितका योजनाहरु सार्वजनिक गरेको छ ।
उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मो. बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम रु. १००० सम्मको Cash Back तथा Discount प्राप्त गर्न सक्नेछन् । उक्त योजना अर्न्तगतस: Daraz मा अनलाइन कार्डबाट भुक्तानी गर्दा , Khalti मा अनलाइन कार्डबाट भुक्तानी गर्दा कुनैपनि कारोबारको अनलाइन पेमेन्ट (E Commerce) बाट भुक्तानी गर्दा तथा बैंकको QR PaymentSystem बाट भुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मको Cash Back, POS बाट भुक्तानी गर्दा १०% वा उच्चतम रु. ५०० सम्मको Cash Back, बैंकको माे. बैंकबाट NTC/NCELLको रिर्चाज TOP UP गर्दा १०% वा उच्चतम रु. १०० सम्मको Cash Back का योजना रहेका छन ।
null
यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रविधी दिवसको दिन बैंशाख १९, २०७६ को दिन मात्र लागु हुनेछ । यो योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।








