सार्वजनिक हुँदै बजेट

 

                                                              फाइल तस्विर 

जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आज सार्वजनिक हुँदैछ । 

null

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्दैछन् । 

आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रतिनिधिसभाका सांसदलाई दिउँसो ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्न समेत आग्रह गरिएको छ । 

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १४ खर्ब ९८ अर्ब रुपियाँको बजेटको सिलिङ तोकेको छ । 

तर सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि गर्नुपर्ने चापले सङ्घीय बजेटको आकार १५ खर्ब रुपियाँभन्दा माथि हुने अनुमान गरिएको छ । 

सरकारले आर्थिक वर्ष २०७६–०७७ मा सामाजिक सुरक्षाअन्तर्गत खासगरी वृद्धभत्तालाई पनि प्राथमिकतामा राखेको छ । वृद्धभत्ताबापतको रकम न्यूनतम ५ सयदेखि एक हजार रुपियाँसम्म बढाउने सरकारको तयारी छ । 

त्यस्तै सरकारले कर्मचारीको तलब पनि न्युनतम १५ देखि २५ प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरेको छ । त्यस्तै डिजिटल नेपाल निर्माणको आधार बजेटका रुपमा पनि केही नयाँ कार्यक्रम यस अन्तर्गत घोषणा हुनेछन् । 

सरकारले आगामी आवमा करिब ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहितको बजेट प्रस्तुत गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *