आज अमेरिकी डलरसहित रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं, १ जेठ । आज बुधबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ४० पैसा र बिक्रीदर ११३ रुपैयाँ तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा थियो । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकिएको थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा रहेको थियो । बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो । 

null

बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ २७ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८६ पैसा छ । हिजो खरिददर २९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०० रुपैयाँ १५ पैसा थियो । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४२ पैसा तोकिएको छ । हिजो खरिददर ३६९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९२ पैसा थियो । 

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *