९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान

काठमाडौं, १५ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहमा रिक्त पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुवैतर्फ गरी ९ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरेको हो । 

आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको हो । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका र नगरपालिकामा छुट्टाछट्टै रुपमा पदपूर्ति हुने गरी सूचना निकालेको हो । 

आयोगले आगामी असार ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *