भृकुटीमण्डपमा लाग्ने नेपाली जुत्ता–चप्पल मेला सधैंका लागि बन्द 

बैशाख २३,  काठमाडौं । काठमाडौंको भृकुटीमण्डप स्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ सधैंका लागि बन्द हुने भएको छ । 

 

आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ । 

null

कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष श्रीकृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी गराएका छन । 

सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएको उनको भनाई थियो । अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजना अनुसार आउने चूनौतीहरुको सामना गर्ने सहमति अनुरुप यो कार्य गरिएको उनले बताए । 

व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय गरिएको उनले स्पष्ट पारे । देशमा धेरै उद्योग तथा कलकारखानाहरु आवश्यक रहेको बताउँदै उनले उद्योगको विकासले मात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राखेका थिए । 

त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका नि–र्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठले व्यवस्थित् तरिकाबाट जुत्ता–चप्पलको व्यापार आवश्यक रहेको धारणा राखेका छन । 

व्यवसायीहरुले दिर्घकालिन रुपमा आफ्नो व्यवसाय बढाउनपनि स्वदेशी उत्पादनलाई माया गर्न आवश्यक रहेको जानकारी गराए । त्यस्तै कार्यक्रममा बोल्दै उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहेपनि अब योभन्दा फरक किसिमले आफ्ना उत्पादनहरुलाई उपभोक्ता सम्म पुर्याउन आवश्यक रहेको बताए । 

अहिले चीनबाट आयातित हुने थुप्रै जुत्ता–चप्पलहरु जसले मानव स्वास्थ्यमा प्रतिकुल असरसमेत पार्ने खालका रहेको भन्दै उनले त्यस्ता वस्तुहरुले नेपाली बजारलाई पनि असर पारिरहेको सुनाए । 

त्यस्तै , कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले २०५९ सालमा आफूहरुको पहलमा उक्त मेलाको आयोजना सुरु गरेपनि अब समय सन्र्दभको हिसाबले बन्द गर्नुपर्ने अवस्था आएको जिकिर गरे । 

अहिले सम्म आफ्ना उत्पादनलाई उपयुक्त बजारीकरणको मेसोको रुपमा हेर्ने गरिएता पनि अहिले नेपाली जुक्ता–चप्पलको बजार खस्किँदै गएको भन्दै हरेक पसलमा आफ्ना उत्पादनहरुलाई उपभोक्ताहरुले पाउने उनको दाबी छ । 

कार्यक्रममा बोल्दै शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले नेपाली जुत्ता नचिन्ने समयदेखि नै आफुहरुले ग्राहकको मन जित्न सफल भएको दाबी गरेका छन ।अहिलेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको मेलालाई स्थगित् गरेर अब हरेक पसलसम्म आफ्ना उत्पादनहरुलाई पुर्याउने आफुहरुको जिम्मेवारी रहेको उनको भनाई थियो । 

जारी गरिएको निर्णय आफुहरुको लागि ‘टर्निङ–प्वाइन्ट’ भएको बताउँदै उनले नेपाली उत्पादनलाई सबैले मन पराउने र देशकै गौरवको रुपमा विकास गरिनेपनि उनको भनाई थियो । 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आजको कार्यक्रमबाट स्वदेशी उत्पादनसंग सम्बन्धित व्यवसायीहरुको लागि उपयुक्त दिन भएको धारणा राखे । 

कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभाव चलिरहँदा पनि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने आफुहरुको प्रयास सधै जारी रहने उनले विश्वास दिलाए । साना उद्योगी व्यवसायीहरको सरकारसम्मको पहुँच नभएको कारणपनि अव सरकारले आफुहरुसंग समन्वयको वातावरण सृजना गरिदिए राज्य निर्माणमा आफुहरुको पनि सहभागिता हुन सक्नेबारे बताएका थिए । 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता–चप्पल व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले देशमा अबैध रुपमा संचालनमा रहेको उद्योगहरुलाई समाधानको मार्गमा ल्याउन जरुरी रहेको बताए । आफ्ना तीनवटै संगठनहरुपनि एक हुन आवश्यक रहेको बताए । 

समस्याको समाधान गर्नका निमित्त यस क्षेत्रका कृयाशिल सवै संगठनहरुबीच कार्यगत एकताका माध्यमवाट समस्या हल गर्दै जाने पनि उनले प्रतिवद्धता ब्यक्त गरेका छन । 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोकाले समाज कल्याण परिषद्ले उपलब्ध गराउदै आएको स्थानमा आफुहरुले मेलाको आयोजना नगर्नेबारे प्रष्ट पारेका छन ।व्यापारी वर्गहरुलेपनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर र व्यापारीक अनुशासनलाई पनि कायम गर्दै विक्री वितरण गर्ने र आयातलाई निरुत्साहित गर्ने, आम नेपालीको खुट्टामा नेपाली (स्वदेसि) जुत्ता पु¥याउने आफुहरुको अभियान रहेको उनले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =