परिक्षा अगावै एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरीलाई कारागार चलान

बैशाख २३, काठमाडौँ । गत चैत्र १० गते देखी सुुरू भएको (एसइइ) परीक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा पक्राउ परेका ८ मध्ये दुईलाई पुर्पक्षका लगि कारागार चलान गरिएको छ । साथै अन्य ६ जनालाई धरौटीमा रिहा गरिएको छ । 

 

पक्राउ परेका दुई प्रहरी जवान व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले पुर्पक्षका लगि कारागार चलान को आदेश दिएको हो । 

null

इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका यी दुवैले परीक्षा अगावै चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र आउट गर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । 

अदालतले यस घटनामा संलग्न अन्य ६ जना सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा आदेश दिएको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ परेकाहरुलाई सरकारी लिखत कीर्ते र परीक्षा मर्यादाविपरीत कार्यसम्बन्धी मुद्दा चलाएको जनाएको छ । 

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *