मापसे अभियान सफल भएपछी लापसे अभियान

 

बैशाख ३१ जनकपुरधाम । मापसे (मादक पदार्थ सेवन) अभियान सफल भएसँगै प्रदेश नं. २ मा प्रहरीले लापसे (लागुपदार्थ सेवन जाँच) अभियान सुरु गरिएको छ । 

मापसे अभियानमा प्रहरी मापसे गरी सवारी लगाउने धेरै चालकलाई कारवही गर्न सफल भएको थियो । यो अभियानले सवारी चालकलाइ समेत सजक गराएका थिए । 

null

प्रहरीले मापासे अभियान सफल भएपछी प्रदेश नं. २ मा लापसे अभियान सुरु गरेको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पालले बताएका छन् । लापसे गरी सवारी चलाउनेको संख्या बढेपछी दुर्घटना नियन्त्रण गर्न यस अभियान थालिएको एसपी पाल बताउँछन् । 

यसरी बारा र सप्तरी गरी ५३ जना सवारी चालकमा लापासे चेकजाँच गर्दा दुई जनाले लागुऔषध गाँजा सेवन गरेको भेटिएको एसपी पाल बताउँछन् । उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्ने शर्तमा छोडिएको उनी बताउँछन् । 

लापासे चेकजाँच ड्रग यूरिन टेस्ट किटमा पिसाब राखेर गरिन्छ । यसमा पिसाव राखेपछी यदि कसैले लागुऔषध सेवन गरेको छ भने तुरुन्त यस किटमा देखाउने एसपी पाल बताउँछन् । 

प्रदेशका आठ वटै जिल्लामा केही दिन भित्र लापसे अभियान संचालनमा ल्याउने उनी बताउँछन् । दिनानु बढ्दै गईरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस अभियानलाई ल्याईएको एसपी पाल बताउँछन् 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *