रवी र अस्मिताको किसान गीत

 

जेठ ३, काठमाडाैँ ।  नेपाल आईडल सिजन २ का विजयी रवी ओड र सोही प्रतियोगिताको फाईनल प्रतिस्पर्धी अस्मिता अधिकारीले किसान गित लिएर आएका छन् ।  

कृषि क्षेत्रलाई प्रर्वधनात्मक रुपमा विकास गर्ने लक्ष्य लिईएको गीत मार्फत रवी र अस्मिताले कृषि पेशालाई सम्मानको नजरले हेर्नु पर्ने बताएका छन् । कृषि पेशातर्फ आकर्षण घट्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै निर्माण गरिएको गीतले समग्र समुदायलाई कृषि पेशामा आवद्ध हुन आह्वान समेत गरेको छ । 

null

गोकर्ण रुपाखेती शर्माको शब्द रचना र लेखु सहयात्रीको संगीत रहेको ‘हामी किसानी..’ बोलको गीत छिटै बजारमा आउने रचनाकार गोकर्ण रुपाखेतीले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *