बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा रुँदै राजीनामा घोषणा

जेठ १०, लन्डन । बेलायती प्रधानमन्त्री थेरसा मेले राजीनामा दिने घोषणा गरेकी छिन् ।
युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा उनले सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनले राजीनामा दिने घोषणा गरेकी हुन् ।
null
कन्जरभेटिभ पार्टीको नेतृत्व गरेकी उनलाई पछिल्लो समय आफ्नै पार्टीका नेताहरुले विरोध गरेपछि दबाब बढेको थियो ।
उनी ७ जूनमा आफ्नो पद खाली गर्दैछिन् । दोस्रो विश्व युद्धपछि ब्रेकजिटको रुपमा आएको राजनीतिक संकटका कारण थेरेसा मे ले आफ्नो पद गुमाउनु परेको हो ।
राजीनामा घोषणा गर्दा उनी निकै भावुक भइन् । उनले निकै दबाबकाबीच यो फैसला लिनु परेको पनि स्पष्ट पारिन् । यद्यपी उनले आफ्नो सरकारो उपलब्धिहरु पनि गणना गरिन् । उनले भनिन्, ‘यस देशलाई सम्हाल्नु मेरो लागि निर्क सम्माननीय थियो । म कुनै पछि इच्छा निरोगी मानसिकताका साथ गर्न चाहन्छु। तर, म जुन देशलाई माया गर्छु, त्यो देशमा सेवा गर्न पाउनु मेरो सौभाग्य हो। म सबैसँग आभार प्रकट गर्दछु।’
प्रधानमन्त्री मे ले ब्रेक्जिट (यूरोपियन यूनियनबाट मुक्ति) को शर्तसम्बन्धी विधेयक संसदमा विरोध भएपछि राजीनामा दिने बताएकी थिइन् ।
उनले आफ्नो कार्यकालमा युरोपेली युनियनबाट बाहिरिने सम्बन्धमा सन् २०१६ मा भएको जनमत संग्रह अनुसार आफ्नो क्षमताले भ्याएसम्म राम्राे गर्न सकेकोपनि दाबी गरेकी छिन्। तर, युरोपेली युनियनबाट बाहिरिने सम्झौता (ब्रेक्जिट)लाई भने कार्यान्वयनमा ल्याउन नसकेकोमा गहिरो दुःख व्यक्त गरेकी छिन्।
के हो ब्रेक्जिट ?
ब्रेक्जिटको मतलब युरोपियन यूनियनबाट अलग्गिनु हो । द ग्रेट ब्रिटेन यूरोपियन यूनियनमा रहन्छ या रहँदैन भन्ने दुनियाँमा अन्योलताको स्थिति बनेको छ । अब तत्कालका लागि यसको निर्णय ब्रिटेनको संसदले गर्नुपर्ने हुन्छ ।
ब्रेक्जिटका सम्बन्धमा बेलायती संसद हाउस अफ कमन्समा मेले प्रस्तुत गरेका विकल्पहरु तीनपटक अस्वीकृत भएको थियो। पटकपटक भएको मतदान र संवादबाट कुनै पनि विकल्पमा सहमति हुन सकेको थिएन। उनकै पार्टीका नेताहरुले उनी विरुद्ध मतदान गरेका थिए।








