पाकिस्तानको पाँच तारे होटलमा तीन बन्दुकधारीको आक्रमण

बैशाख २९ ।  पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् । 

 

तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार रमजान र छुट्टीका कारण होटलमा कोही पाहुना थिएनन् र कर्मचारी पनि कम थिए । 

null

बलूचिस्तान लिबरेशन आर्मी (बिएलए) ले हमलाको जिम्मेवारी लिँदै चीन र विदेशी लगानीकर्तालाई निशाना बनाउनका लागि हमला गरिएको जानकारी दिए । समूहसँग सम्बन्धित दाबी गर्ने एक ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमाथि थप हमला हुने चेतावनी दिइएको छ । 

बलोचिस्तानमा उक्त स्थानीय संगठन चीनियाँ लगानीकर्ताको विरोध गर्छ । होटलभित्र अहिले पनि केही कर्मचारी हुनसक्ने अनुमान गरिएको छ । यसअघि आएको रिपोर्टमा होटललाई खाली गरिएको बताइएको थियो । 

कहिले भयो हमला ? 

बन्दुकधारीले स्थानीय समयानुसार बेलुका ४ बजेर ५० मिनेटरमा होटलमा हमला गरे । एक सुरक्षाकर्मीले होटलको ढोकामा बन्दुकधारीलाई छेक्ने कोसिस गर्दा उनको हत्या गरियो । 

रिपोर्टका अनुसार बन्दुकधारी अहिले पनि होटल भित्रै छन् र सुरक्षाकर्मी उनीहरुसँग लडिरहेका छन् । हमलाका बेला होटलमा कति मानिस थिए भनेर स्पष्ट जानकारी छैन । 

 

यो होटल अरब सागरको किनाराको एउटा चट्टानमा छ र यसको अर्कोतर्फ ग्वादर बन्दरगाह छ । बलूचिस्तानका गृहमन्त्री मिर जियाउल्लाहले पुलिस, फ्रन्टियर कोर र अन्य सुरक्षा एजेन्सीले होटललाई घेरेको जानकारी दिए । 

उनीहरुको दाबी अनुसार होटलमा हमलाका बेला कुनै पनि विदेशी नागरिक थिएनन् । उनका अनुसार बलूचिस्तानमा आत्मघाती हमला घुसेको रिपोर्ट थियो तर ग्वादरमा यस्तो कुनै हमला भएको छैन । 

बलूचिस्तान लिबरेशन आर्मीको माजिद ब्रिगेडले उक्त हमलाको जिम्मेवारी लिएको छ । ग्वादरमा गत महिनामात्रै चरमपन्थीले ११ सुरक्षाकर्मीसमेत १४ जनाको हत्या गरेको थियो । 

उक्त इलाकामा विभिन्न चरमपन्थी संगठन सक्रिय छन् जसमा पाकिस्तानी तालिबान, बलूचिस्तान लिबरेशन आर्मी र सुन्नी मुश्लिम चरमपन्थी संगठन लश्कर–ए–झांग्वी समावेश छन् । 

ग्वादर, चीन र पाकिस्तानबीच इकोनोमिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका थुप्रै इन्जिनियर र अन्य कर्मचारीको उपस्थिती छ । ग्वारको पश्चिमी सीमा इरानसँग लाग्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *