चाेरले चाेर्न नसकेपछि…

बैशाख २२, रौतहट । चोरले पसलको सटर फोड्न नसकेपछी चन्द्रनिगाहपुर ४  एक पसलमा माफी लेखेर छोडेको पत्र फेला पारिएको छ । 

 

प्रहरीका अनुसार पत्रसँगै हथोडा, छेनी पनि छाडिएको र पत्रमा मजबुरी (बाध्यता) ले चोरी गर्न आएको भनी लेखिएको छ । 

null

चोरले बिहिबार राति ब्यापारी कबिन्द्रनाथ गोपालीको होम ग्यालरीमा चोरी गर्न आएको र उनले उक्त पसलको सटर फोड्न धेरै कोशिस गर्दा नी पसलको सटरको ताला फोड्न नसकेको त्यहाँ जडान गरिएको सि.सि. क्यामेराको फुटेजमा देखिएको प्रहरीले जनाएको छ । 

एक्लै चोरी गर्न आएका चोरले गरेका हर्कतहरु सबै सि.सि.फुटेजमा कैद भएको थियो जहाँ चोर निकै तनाबमा सटर फोर्न थालेको, त्यस क्रममा चोर कहिले उठ्ने, कहिले शौचादी गर्न जाने र कहिले कपडा फुकाल्ने जस्ता क्रियाकलापहरु कैद भएको थियो ।  

 उक्त पसलको मालिक गोपाली शुक्रबार बिहान ७ बजे पसलको सटर खोल्न पुगेका थिए । गोपालीले बिहान पसलको अगाडिको बल्ब फुटाइएको अवस्थामा देखेपछी उनको मनमा पसल चोरी भयाे भन्ने चस्का पस्यो । 

पसलको पछाडि गएर हेर्दा चोरले लेखेर छाडेको एउटा पत्र उनले भेट्टाए जहाँबाट सटर फोडेर भित्र पस्ने दाउँमा चोर थियो । ग्यालरीको माथिल्लो तल्लामा भवन निर्माणको काम हुदै थियो । त्यसैका लागी बाँसको टेका लगाईएको थियो । त्यही टेकाको माध्यमबाट चोर माथि चढ्न सफल भएको देखिन्छ । 

चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताए अनुसार सि.सि. फुटेजको माध्यम बनाई उक्त चोरको खोजी कार्य भईरहेको छ । केही समय यता चन्द्रनिगाहपुर एकदम असुरक्षित बन्दै गईरहेको छ । १ महिना भित्रमा यस्ता चोरीका घटनाहरु धेरै घटी सकेकोले स्थानीयवासीले सुरक्षाको लागी प्रहरीलाई राति गस्ती बढाउनु पर्ने समेत माग गरिरहेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *