स्याङजामा एन आई सी एशिया बैंकको नयाँ शाखा उद्घाटन

काठमाडौं, २७ वैशाख । ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले स्याङजा जिल्ला, आधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेको छ । 

स्याङजा जिल्ला आधिखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजा स्थित कृषि शाखाको आधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट वैशाख २६ गते भव्य समारोहका बीच समुद्घाटन सु–सम्पन्न भएको हो । 

 

null

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । बैंकका प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *