रंगशालाको काम रोकियो, डोजर चलाउने पक्राउ

चितवन, १६ जेष्ठ । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार अराजक समुहले भत्काएपछि रंगशाला निर्माणको काम रोकिएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले बार भत्काएपछि असुरक्षित महसुस गरेर निर्माणको काम रोकिएको जनाएको छ । फाउण्डेसनले विज्ञप्ती जारी गर्दै तत्काललाई काम रोकिएको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले वताएका हुन् । 

 

रंगशालाको सुरक्षाको लागि लगाइएको बार मंगलबार केहि व्यक्तीहरुले डोजर लगाएर भत्काएका थिए । उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको हो । घटनाको भत्सर्ना गर्दै तत्कालको लागि काम स्थगित गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

null

काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने उनले जनाएका छन् । घटनामा सलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेकोे छ । घटनाका मुख्य आरोपित प्रकास कडेंल रहेको स्थानीयको भनाई छ । सोही आधारमा कडेंललाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । भरतपुर १५ रामपुरमा करिव ३ अर्व रुपैयाको लागतमा २० विगाहा ६ कठ्ठा क्षेत्रफलमा गौतम वुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *