ग्याँस सिलिण्डर विस्फोट हुँदा ६ घाइते, दुईको अवस्था चिन्ताजनक

 

जेठ १२, काठमाडौँ । काठमाडौँको सुकेधारमा ग्याँस सिलिन्डर विस्फोट भएको छ । 

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाईते भएको भएको महानगरीय प्रहरी परिसर काठमाडौँ जनाएको छ । 

null

घाईते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जनाएको छ । 

घाईतेहरु मध्ये एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच ओम अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

ग्याँस बिस्फोट के कारणले भएको कारण खुल्न सकेको छैन, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *