७ दिन देखी बेपत्ता विपिनको अझै केही अत्तो पत्तो लाग्न सकेन

 

जेठ ६, काठमाडौँ । जेठ ६, काठमाडौँ । ७ दिन अघी देखी बेपत्ता भएका काठमाडौँ निवासी विपिन बिपिन देब काफ्लेको अझैँ केही अत्तोपत्तो लाग्न नसक्नदा उनकाे परिवार  विक्षिप्त अवस्थामा पुगेका छन् ।  

उनको अवस्था के–कस्तो छ अहिले सम्म कसैलाई थाहा छैन । बिदाको बेला पनी अजेन्ट मिटिङ छ भनि अफिस गएका विपिन अफिसबाट बिरामी श्रीमतीलाई घर आउँदै छु भनि अन्तिम कल गरेका थिए । 

null

 

घर आउँदैछु भनिएका विपिनको एक्कासी मोवाईल स्वीचअफ भएपछी श्रीमतीले मोवाईलको व्यट्रि सकिएर स्वीचअफ भएको भनि सोचेको बताउँछिन् । 

बेपत्ता भनिएका विपिन बैसाख ३१ गते मंगलबार साझ देखि काठमाडौँबाट हराएका हुन । घरबाट बा ९१ प २५५० नम्बरको स्कुटर लिएर हिँडेका विपिनको उनको मोबाइलको अन्तिम ट्याकिङ्ग होटल सांग्रीला अगाडी देखिएको छ । 

श्रीमान् बेपत्ता भएपछी उनका श्रीमतीले सामाजिक संजाल तथा बिभिन्न मिडियामा खोजीको लागि सहयोग गर्न आग्रह गरेता पनी अझ सम्म उनको केही पत्तो लाग्न नसकिएको उनकी श्रीमती बताउँछिन् । 

विपिनकी श्रीमतीले श्रीमान् खोजीगर्न सजिलो होस भनि सामाजिक संजाल फेसबुकमा बिपिनले लगाएको लुगा र सँगै लिएर गएको स्कुटीको फोटो समेत सेयर गरेकी छिन् । 

मोबाइलको अन्तिम ट्याकिङ्ग होटल सांग्रीला अगाडी भएता पनी सिसि क्यामेराको फुटेजमा कलन्की बाट नाग्ढुङा तिर स्कुटर मा एक्लै हिँडेको देखिन्दा पनी उनको खोजी कार्यमा प्रहरी प्रशासनले वेवास्ता गरेको समेत प्रशासनलाइ उनको परिवारले आरोप लगाएका छन् ।  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *