काठमाडौँको नयाँबसपार्कमा प्रेसर कुकर बम फेला

 

जेठ १३, काठमाडौँ ।  काठमाडौँको नयाँ बसपार्क बम फेला परेको छ । 

काठमाडौँको नयाँ बसपार्कमा रहेको लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेकाे हो । 

null

स्थानियवासीले बम देखेपछी प्रहरीलाइ खबर गरेका थिए । बमलाई बम डिस्पोज गर्ने नेपाली सेनाको टोली त्यहाँ पुगी सकिएको प्रहरीले जानकारी दिएका छन् । 

उक्त स्थानमा बम भेटिएपछी त्यहाँका स्थानियवासी त्रासित बनेका छन् भने प्रहरीले बम राखिएको ठाउँलाई सुरक्षित घेरामा राखी सकेका छन् । 

नेत्रविक्रम चन्द विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेसँगै काठमाडौँका बिभिन्न स्थान तथा काठमाडौँ भन्दा बाहिरको स्थानमा बम भेटिने क्रम जारी छ । 

आजको बन्दलाई मध्यनजर गरी हिजो काठमाडौँका दुई स्थान अनाम नगर र सुकेधारामा बम विस्फोट हुँदा ४ जनाले ज्यान गुमाई सकेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *