मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार, दोस्रो चरणको आन्दोलन घाेषणा

 

जेठ ५, काठमाडौं । पत्रकार महासंघले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग सम्बोधनमा बेवास्ता गरेको भन्दै मिडिया काउन्सिल विधेयकविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । 

null

दोस्रो चरणको आन्दोलन जेठ ६ गतेदेखि जेठ २५ गतेसम्म चल्ने महासंघले जनाएको छ । 

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ । 

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने महासचिव रमेश विष्टले जानकारी दिए । 

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *