“ऐन छ, सुविधा छैन”

राप्ती, ४ जेष्ठ । पूर्वी चितवनको राप्ती नगरपालिकाका मेलमिलापकर्ताहरुले आफुहरुलाई कुनै सुविधा नभएको बताएका छन् । उनीहरुले स्थानीय स्तरमा आउने विवादलाई वडामा नै समाधान गर्ने उद्देश्यले वडा स्तरिय मेलमिलाप केन्द्र स्थापना भएपनि मेलमिलापका लागि आवश्यक हल, चिया खाजाका लागि आवश्यक खर्च नभएकोमा दुःख पोखेका छन् । राप्ती नगरपालिकाले वीरेन्द्रनरमा आयोजना गरेको मेलमिलाप कर्ताहरुका लागि दुइदिने पुर्नताजगी तालिममा मेलमिलाप समितिका संयोजकहरुले ऐन कार्यविधि भएपनि छलफलका लागी आवश्यक हल र खर्च नभएकाले आफुहरुले दुखले काम चलाइरहेको बताए । आवश्यक सुविधा नहुदाँ सबै वडामा दुख भएको न्यानिय समितिका संयोजक इमान सिंह मुक्तानले बताए । उनले आगामी बजेटमा सो समस्याको समाधार गर्न आफुले भुमिका खेल्ने मेलमिलापकर्ताहरुलार्इ आश्वासन समेत दिएका छन् ।स्थानीय विवाद निरुपण गर्न प्रत्येक वडाका मेलमिलाप केन्द्रलाई सुविधा दिइ शक्तिशालि बनाउनु पर्नेमा न्यायिक समतिका सदस्य पूर्ण आचार्यले जोड दिए । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने सकिए जनताले धेरेै दुख नपाउने नगर मेलमिलाप केन्दका अध्यक्ष पुष्प ओलीले जानाकारी दिए । उनले आगामी बजेटबाट प्रत्येक वडाका मेलमिलाप केन्द«हरुलाई केहि बजेटको व्यवस्था गर्न आग्रह गरे ।कार्यक्रममा राप्ती नगर प्रमुख प्रभा बरालले आगामी बजेटमा हरेक मेलमिलाप समितिहरुलार्इ केहि बजेटको व्यवस्था गर्न सल्लाह भइरहेको बताइन् । कार्यक्रम दुइ दिन सम्म चल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =